दफा २०
बेरुजु लगत कायम गर्ने
(१) महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याएका बेरुजु तथा असुल उपर गर्नु पर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी ठहर्‍याइएको रकमको लगत केन्द्रीय स्तरमा र कार्यालय स्तरमा राख्नु पर्नेछ ।
(२) लेखापरीक्षणबाट देखिएको मस्यौट र हिनामिना भएको रकम वा तोकिए बमोजिमको कार्यविधि अपनाई नियमित हुन नसकेका बेरुजु रकम जिम्मेवार व्यक्तिबाट असुल उपर गर्नुपर्नेछ । यस्तो प्रकृयाबाट असुल उपर हुन नसकेमा लगत कायम गरी जिम्मेवार व्यक्तिलाई समेत सूचना दिइनेछ । यसरी लगत कायम गरिएको रकम प्रचलित कानुन बमोजिम असुल उपर गर्नु गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजुको नियमित कार्यविधिबाट असुल उपर हुन नसकेमा त्यस्तो लगत लेखा उत्तरदायी अधिकृतले तोकिए बमोजिम केन्द्रीय तहसिल कार्यालयमा पठाउनु पर्नेछ ।
(४) बेरुजु फछ्र्यौट सम्बन्धी अनुगमन तोकिए बमोजिम हुनेछ ।